बिएल संवाददाता
अमिताभ बच्चन र धर्मेन्द्र हिन्दी सिनेमाका दुई अभिनेता हुन्, जसको अभिनयको अहिले पनि बलिउडमा धेरै प्रशंसा गरिन्छ।
अमिताभ र धर्मेन्द्रले निर्देशक रमेश सिप्पीको सदाबहार फिल्म शोलेमा जय-वीरुको भूमिकाबाट फ्यानहरूको मनमा विशेष ठाउँ बनाएका छन्।
यो फिल्मपछि पनि यी दुबै धेरै फिल्ममा सँगै देखिएका छन्। जसमध्ये एक हाे, सन् १९८० मा सिनेमाघरमा रिलिज भएको फिल्म 'राम बलराम'
यसलाई उद्योगका दिग्गज अभिनेता देव आनन्दका भाइ विजय आनन्द र निर्देशक विजय आनन्दले निर्देशन गरेका थिए।
५ वर्षसम्म रिलिज भएन
विजय आनन्दको फिल्म राम बलरामको बारेमा धेरै चासाे लाग्दाे समाचारहरू पनि छन्। तर त्यसमध्ये पनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अमिताभ बच्चन र धर्मेन्द्र अभिनित यो फिल्म ५ वर्षसम्म रिलिज हुन सकेन।
भनिन्छ, विजयले सन् १९७५ मा नै राम बलराममा काम गर्न थालेका थिए।
तर त्यसैबेला तत्कालीन सरकारले देशभर आपतकाल घोषणा गरि फिल्मको छायांकन बीचमै रोकियो। यसपछि त्यसमा धेरै परिवर्तनहरू भए र विस्तारै समय बित्दै गयो।
जब यो फिल्म सुरु भयो, धर्मेन्द्र आफ्नो करियरको शिखरमा थिए। तर रिलिज हुने बेलामा अमिताभ बच्चनले आफ्नो विशेष स्थान बनाएका थिए।
सबै परिवर्तन र आपतकालका कारण राम बलराम सन् १९८० मा मात्रै रिलिज भएकाे भयाे।
भनिन्छ, यो फिल्मकै क्रममा बिग बी र धर्मेन्द्रबीचको शीतयुद्धको खबर पनि आउन थाल्यो।
निर्देशक रिसाएका थिए
प्राप्त जानकारीका अनुसार जब राम बलरामको डबिङ चलिरहेको थियो, निर्देशक विजय आनन्दलाई कुनै कुराले रिस उठ्यो र उनी रिसाएर घर फर्किए।
अवस्था यस्तो भयो कि उनले डबिङ सेटमा आउन छाडे। यसरी धर्मेन्द्र र अमिताभ बच्चनको राम बलराम पूरा भएकाे थियाे।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया