बिएल संवाददाता
बलिउडका अभिनेता सलमान खानकाे गर्लफ्रेन्डको लिस्ट निकै लामो छ। कहिले स्वदेशी युवतीसँग त कहिले विदेशी युवतीसँग अफेयर उनकाे चर्चा चल्याे।
धेरै ब्रेकअप चुपचाप भएपनि केही ब्रेकअप नराम्रो खबर पनि साबित भए। केही गर्लफ्रेन्डले सलमान खानमाथि गम्भीर आरोप पनि लगाए।
यी प्रेमिका मध्ये एक हुन् सोमी अली। सोमी अली पाकिस्तानी अमेरिकी मूलकी अभिनेत्री थिइन्। जाेसँग सलमान खानको सम्बन्ध लामो समयसम्म चल्यो र विवाहको खबर पनि आयाे।
तर अचानक ब्रेकअप भयो। त्यसपछि सोमी अलीले पनि सलमान खानमाथि धेरै गम्भीर आरोप लगाएकी थिइन्।
सोमी अलीले आफ्ना केही पुरानो अन्तर्वार्तामा आफू सलमान खानका लागि मात्र भारत आएको बताएकी थिइन्। दुवैले एकअर्कालाई आठ वर्षसम्म डेट गरेका थिए।
तर यो सम्बन्ध तीतो सम्झना रह्यो। सोमी अलीले सलमान खानले आफूमाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएकी थिइन्। र, उनको मेकअप आर्टिस्ट अजय शेलारले चोटपटकको निशान मेकअप गरेर लुकाउने गरेको पनि बताइएको छ।
सलमान खानले सोमी अलीको टाउकोमा बोतल प्रहार गरेको हल्ला पनि चलेको थियो।
बाल्यकालमा दुर्व्यवहार
सोमी अली बाल्यकालमा पनि शोषणको शिकार भएकी छिन्। यी कुराहरु उनी आफैंले मिडियामा सेयर गरेकी छिन्। कराचीमा दिएको एक अन्तर्वार्तामा सोमी अलीले उनका पिता निर्देशक र निर्माता दुवै रहेको बताएकी थिइन्।
आमाबुबाको सम्बन्ध राम्रो थिएन। यसैको फाइदा उठाउँदै पाँच वर्षको उमेरमा उनका कुकले उनीमाथि शाेषण गरेका थिए। त्यसपछि नौ वर्षको उमेरमा सेक्यूरिटीले शोषण गरे।
आफ्नो फिल्मी करियरको कुरा गर्ने हो भने सोमी अली 'आओ प्यार करेँ', 'आन्दोलन', 'अन्ता र तीसरा कौन' जस्ता फिल्ममा देखिएकी छिन्। उनी मिथुन चक्रवर्तीको फिल्म 'कृष्ण अवतार'मा पनि देखिएकी थिइन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया