तेजन खड्का
आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ।
फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो।
चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो।’
विशेषतः फिल्मलाई सबै बर्गले वर्गले रुचाएका छन। रेखा र मुकुनको जोडीको तारिफ भएको छ।
काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ। अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए।
आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए। उनले धेरै समयपछि दर्शकलाई राम्रो चलचत्रि दिन सफल भएको महसुस भएको बताए।
यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ। फिल्मको पहिलो हाफमा कमेडी भरपूर छ। दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया