बिएल संवाददाता
माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पूजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ।
माझी चलचित्रकर्मी संघले शनिबार काठमाडाैँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित शुभकामना तथा बृहत् सांस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला सिर्पाली (ठकुरी)को प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो।
सो राष्ट्रिय गीतलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गीत, संगीत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन् भने माझी किङ्गले सुपरिचित दर्जनौँ माझी तथा नेपाली गीतमा स्वर तथा संगीत भरिसकेका गायक एवम् नायक यमन माझीले संगीत गरेका हुन्।
सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष विवशकुमार माझीका साथै बाबुराम माझी, विशाल माझी, सोमबहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेश माझी, अमृता माझी, रीता माझी, सरिता माझी, अनिशा माझी, यमन माझीलगायतले स्वर दिएका छन।
सो गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन्, भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन्।
उक्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिव तथा माझी चलचित्रकर्मी संघकी अध्यक्ष होमकुमारी माझी (सिजिका)को अध्यक्षता सम्पन्न भएको हो।
भिडियाे :
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया