बिएल संवाददाता
अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ।
अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंका पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन्। प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन्।
हाल उनी लखनउमा छिन्। ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन्। लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन्। हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ। ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, पोस्टरमा लेखिएको छ।
लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन्। प्रहरीले पनि के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
प्रियंका मुम्बईमा प्रमोसनपछि युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन्। त्यहाँ उनी दुई दिन बस्नेछिन्। प्रियंका लखनउको लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया