बिएल संवाददाता
अभिनेत्री प्रियंका चोपडाविरुद्ध लखनउमा विरोध प्रदर्शन भएको छ।
अमेरिकाबाट तीन वर्षपछि भारत फर्किएकी प्रियंका पछिल्लो दिनमा मुम्बईमा एक हेयर प्रोडक्टको प्रमोसन गरिरहेकी थिइन्। प्रमोसनपछि प्रियंका अमेरिका फर्किनेछिन्।
हाल उनी लखनउमा छिन्। ‘नवाबको सहर’ लखनउमा प्रियंका अलग–अलग स्थान पुगेर बच्चाहरूसँग भेटघाट गरिरहेकी छन्। लखनउको गोमतीनगरमा प्रियंकाको पोस्टर टाँसिएका छन्। हरेक पोस्टरमा रातो रंगले क्रस गरिएको छ। ‘तिमीलाई नवाबको सहरमा स्वागत छैन’, पोस्टरमा लेखिएको छ।
लखनउमा प्रियंकाको किन विरोध भइरहेको छ भन्ने विषयमा सबै अन्योलमा छन्। प्रहरीले पनि के कारणले विरोध भइरहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।
प्रियंका मुम्बईमा प्रमोसनपछि युनिसेफको कार्यक्रमका लागि लखनउ पुगेकी हुन्। त्यहाँ उनी दुई दिन बस्नेछिन्। प्रियंका लखनउको लोक बन्धु अस्पताल र वन स्टप सेन्टरको १८१ महिला हेल्पलाइन जानेछिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया