बिएल संवाददाता
बलिउडका अभिनेता सलमान खानकाे हिट भएकाे फिल्म थियाे, 'वान्टेड'। फिल्मले सलमानकाे करिअरमा नयाँ उडान भर्याे।
फिल्मकाे कारण एक्शन र स्टाइलिश नायकको रूपमा उनको चर्चा झनै चुलिदैं गयाे। पूरै फिल्ममा सलमानकाे वर्चस्व थियो। तर फिल्मकी अभिनेत्री आयशा टाकियाले पनि उत्तिकै चर्चा बटुलिन्। उनकाे सुन्दर मुहार र मिठाे मुस्कानले।
फिल्मबाट चर्चा बटुलेकी उनी लामाे समयदेखि फिल्मी दुनियाँबाट टाढा थिइन्। तर फेरि उनी एकपटक देखा परेकी छिन्। तर विल्कुलै नयाँ लुक्समा।
विमानस्थलमा देखा परिन् आयशा
वान्टेडमा देखिएकी आयशा टाकियाको सिजलिंग स्टाइल र सौन्दर्यलाई भुल्न सकिँदैन। फेरि पनि आयशा टाकिया क्यामेराको अगाडि देखिएकी छिन्। तर, यसपटक कुनै सुटिङमा नभई एयरपोर्ट देखापरेकी छन्।
एयरपाेर्टमा उनी छोरासँग देखिएकी थिइन्। निलो रङको ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनकाे स्टाइल सुन्दर थियाे। तर कुनैबेलाकाे त्याे सुन्दर मुहार भने अहिले फेरिएकाे छ।
प्लास्टिक सर्जरीकाे कारण उनकाे अनुहार नै फेरिएकाे छ। तर दर्शकहरूलाई वान्टेडमा देखिएकी आयशा नै मनपरेकाे छ।
सामाजिक सञ्जालमा आयशाकाे भिडियाे देखिएपछि उनका फेन्सले भनिरहेका छन्, ' कस्ताेबाट कस्ती भइन्'। उनकाे नयाँ लुक्सलाई दर्शकले समेत चिन्नबाट हिच्की रहेका छन्।
शल्यक्रिया अघि सुन्दर आयशाले आफ्नाे अनुहार बिगारेकाे दर्शकहरूकाे भनाइ छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया