बिएल संवाददाता
बलिउडका अभिनेता हर्षवर्धन राणेको फिल्म ‘सनम तेरी कसम’ ले बक्स अफिसमा त्यतिधेरै धमाका मच्चाउन सकेन।
तरपनि अहिलेपनि फिल्ममा बनेको रिल र सर्टहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
आज पनि मानिसहरूले यो प्रेम कथालाई धेरै मन पराउँछन्। तर ओटीटी प्लेटफर्मको साथसाथै युट्युब, फेसबुक र टेलिग्राममा पनि मानिसहरू अवैध रूपमा यो फिल्म हेरिरहेका छन्।
तर फिल्मले बक्स अफिसमा खासै कमाई गर्न नसकेकाे पीडा उनमा अझै छ।
हालै आफ्नो फिल्म ‘डांगे’ को ट्रेलर लञ्चको क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले फिल्मबारे खुलेर कुरा गरेका छन्।
हर्षवर्षन राणेले भने, ‘म चाहान्छु कि मानिसहरुले मेरो फिल्म हेरोस्, तर त्यो भन्दा पहिले याे जान्न चाहन्छु कि मानिसहरूले मेराे फिल्म कहाँ हेर्छन्? यदी उहाँहरूले मेराे फिल्म अनलाइनमा हेर्नुहुन्छ त्यसकाे कुनै फाइदा छैन। ल्यापटपमा मानिसहरू के गर्छन् त्याे कुरा मेराे निर्मातालाई थाहा छैन। यदि फ्यानहरूले मेरो निर्मातालाई आफ्नो माया सुनाउन चाहन्छन् भने उनीहरूले मेरो फिल्म थिएटरमा मात्र हेर्नुपर्नेछ।'
फ्यानसँग किन रिसाए अभिनेता?
यस क्रममा उनले ‘सनम तेरी कसम पार्ट २’ को माग गर्ने आफ्ना फ्यानलाई पनि कडा जवाफ दिए।
उनले भने, ‘यदि फिल्मको पार्ट–१ को टिकट नै किनिएको छैन भने निर्माताले किन कुनै पनि फिल्मको पार्ट–२ बनाउन चाहन्छ। त्यो फिल्मले ल्यापटपमा मात्रै माया पाइरहेको छ। तर यदी तपाईंहरू मेराे फिल्म हेर्न चाहनुहुन्छ भने थिएटर गएर हेरिदिनुस्। थिएटरमा गएर ‘दंगा’ हेर्नु भएन भने हाम्रा निर्देशक बेजोय नाम्बियारको कडा परिश्रम, निर्माताको भिजन र हामीजस्ता कलाकारले पाउने अबको काम सबैमा असर पर्नेछ।'
बिजोय नाम्बियारको ‘डांगे’ लाई भूषण कुमारको टी–सिरिजले निर्माण गरेको हो।
चुनावले संसद त दिने भो, सरकार चाँहि बन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया