बिएल संवाददाता
विवादमा आइरहने अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ।
गत फेब्रुअरी–२ मा पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा अभिनेत्रीको निधनको खबर शेयर गरिएको थियो।
पुनमको अकस्मात मृत्युको खबरले सबैलाई चकित पारेको छ। पुनम पाण्डे मात्र ३२ वर्षकी थिइन्। यद्यपि, अभिनेत्रीको मृत्यु कहिले र कहाँ भयो भन्ने बारेमा कुनै जानकारी छैन।
उनकाे इन्स्टाग्राम अकाउन्टमा शेयर गरिएको पाेस्टमा पुनमकाे निधन पाठेघरको मुखको क्यान्सरका कारण भएकाे बताइएकाे छ।
अभिनेत्रीको मृत्युको खबरपछि फ्यानहरु गहिरो शोकमा छन् र सामाजिक सञ्जालमा पोस्ट गरेर दुःख व्यक्त गरिरहेका छन्।
अचानक अभिनेत्रीकाे मृत्युकाे कारण डिजाइनर रोहित वर्मा पनि स्तब्ध भएका छन्। उनले आफ्नो पोस्टमार्फत दुई दिनअघि मुम्बईमा पुनम पाण्डेसँग सुटिङ गरेको बताएका थिए।
रोहित वर्माले एबीपी न्यूजसँग कुरा गर्दै दुई दिन अघि सुटिङको क्रममा पुनम पाण्डे एकदम फिट देखिएकी थिइन् र उनलाई क्यान्सर भएको जस्तो लागेकाे थिएन।
रोहितले आफू आफ्नो गृहनगर कानपुर गएको र त्यहाँबाट मृत्युकाे खबर पाएकाे बताएका छन्। उनी पुनमकाे मृत्युले दुखी भएकाे बताउँछिन्।
काे हुन् पुनम पाण्डे?
पुनम पाण्डे निकै चर्चित मोडल थिइन्। सन् २०११ को क्रिकेट विश्वकप फाइनलअघि एक भिडियो सन्देशमा भारतले फाइनल खेल जितेमा आफूले कपडा फुकाल्ने बताएकी थिइन्। त्यहीबाट उनी चर्चित भएकी थिइन्।
यो दाबीसँगै उनी पहिलो पटक विवादमा तानिएकी थिइन्। वर्कफ्रन्टको कुरा गर्ने हो भने पुनम पाण्डे पछिल्लो पटक कंगना रनौतको रियालिटी शो 'लकअप' मा देखिएकी थिइन्।
विवादमा रह्याे साम बंबईसँगकाे विवाह
पुनमले साम बम्बईसँग विवाह गरेर पनि निकै चर्चा बटुलेकी थिइन्। यो विवाह सबैका लागि सरप्राइज जस्तै थियो।
यद्यपि, उनीहरूको विवाह टिक्न सकेन। उनले सन् २०२० मा विवाह गरेलगत्तै आफ्ना पति साम बम्बईमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया