बिएल संवाददाता
नेपाल वातावरण पत्रकार समूहसँगको सहकार्यमा शुक्रबारदेखि यहाँ जैविक विविधतासम्बन्धी चलचित्र महोत्सव हुँदैछ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, नेपालका लागि वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लण्डनलगायत २० भन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहकार्यमा भारतीय संस्था ‘सीएमएस वातावरण’ ले महोत्सव आयोजना गर्न लागेको हो।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्यावरण, प्राकृतिक स्रोत र वातावरणीय सम्पदा संरक्षणमा युवा सहभागितामा जोड दिइएका चललचित्र देखाइने छन्।
महोत्सवमा जलवायु परिवर्तन, अनुकूलन र न्यूनीकरण, वन्यजन्तु संरक्षण, जल संरक्षण, वन संरक्षण र दिगो जीविकोपार्जन जस्ता विभिन्न सान्दर्भिक वातावरणीय मुद्दाहरूमा विश्वका विभिन्न भागबाट १२ वटा अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र प्रदर्शन हुनेछन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया