बिएल संवाददाता
लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्बावेमा छनोट भएको छ।
बाल मनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्बावेको भर्सिटी फिल्म एक्स्पोमा छनोट भएको हाे।
यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो। लघुचलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गरेका छन्।
अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोइराला, उद्धव दंगाललगायत सेलीब्रेशन स्कुलका विद्यार्थीहरुको अभिनय रहेको छ।
लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन्। काठमाडौँमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन्।
लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन्। सहायक निर्देशन करन साउदको रहेको छ। ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्।
उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ। लघुचलचित्र ‘द स्कुल वाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन्।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ। लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पाेलिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गइरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ। पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबीच उसले अनेक उपायहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ। तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ।
एउटा बालकले पढ्ने रहरको लागि के-केसम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउँछन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया