बिएल संवाददाता
हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन्।
यो मानहानीको मुद्धामा एम्बर पराजित भइसकेकी छन् र उनले जरिवमानाका रुपमा १० मिलियन डलर जोनीलाई दिनुपर्ने आदेश अदालतले दिइसकेको छ।
अहिले भने यो विषयमा नयाँ खबर बाहिर आएको छ। समाचारअनुसार एम्बरको मुद्धामा पैरवी गर्नका लागि उनले वकिलको नयाँ टिम हायर गरेकी छन्। एम्बरका प्रवक्ताले अभिनेत्रीले डेविड एल एक्सलर्ड र जे वार्ड ब्राउनलाई आफ्नो वकिल टिमको नेतृत्व गर्न हायर गरेकी हुन्।
यस कार्यमा एम्बरको पुराना वकिल बेन रटेनबार्नले नयाँ वकिललाई सहयोग गर्नेछन्। अभिनेत्रीले आफ्नो मुद्धामा पैरवी गरिरहेका वकिल एलाइन ब्रेडहार्डलाई हटाएकी छन्। जोनीको तर्फबाट पेस भएका एक साक्षीले एम्बरको पुरानो वकिलले उनको पैरवी ठिक ढंगले नगरेको आफूले देखेको बताए।
जोनी र एम्बरको भेट सन् २००९ मा भएको थियो। यसपछि उनीहरुले सन् २०१५ मा विवाह गरे। यो विवाह एक वर्षसम्म मात्र चल्यो र सन् २०१७ मा उनीहरुमा उनीहरु अलग्गिएका थिए। त्यसपछि एम्बरको एक लेखमाथि जोनीले सन् २०१८ मा मानहानीको मुद्दा हालेका थिए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया