सिरी ए: मिलानसँग सास्सुलो पराजित,लुकाकुले गरे दुई गोल

तस्बिरः एजेन्सी

इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले सास्सुलोलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा मिलानले सास्सुलोलाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।इन्टर मिलानको जितमा रोमेलु लुकाकुले २ गोल गरेका थिए भने लाउटारो मार्टीनेजले २ गोल गरेका थिए ।त्यस्तै सास्सुलोका लागि डोर्मेनिको बेरार्डी, फिलिप डुरिकिक र जेरेमी बोगाले एक एक गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै मिलानको लागि मार्टीनेजले गोल गरेका थिए । त्यसपछि खेलको १६ औं मिनेटमा सास्सुलो फेरि खेलमा फर्कियो ।उसका लागि बेरार्डीले गोल गरे ।
यता खेलको ३८ औं मिनेट र ४५ औं मिनेटमा लुकाकुले गोल गर्दै मिलानलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफ ३ गोल हानेको मिलानले दोस्रो हाफमा थप एक गोल गर्यो । मिलानको लागि खेलको ७१ औं मिनेटमा पुनः मार्टीनेजले गोल गर्दै अग्रता ४–१ बनाए ।

तर खेलको ७४ औं मिनेटमा सास्सुलोको लागि डुरिकिकले गोल गरे । त्यसको ७ मिनेट पछाडी नै बोगाले गोल गर्दै खेलमा ४–३ ले फर्किएपनि हार टार्न सकेन ।

जितसँगै मिलान सिरी ए मा युभेन्टस भन्दा एक अंक पछि रहदै दोस्रो स्थानमा रहेको छ ।

युभेन्टसको ८ खेलमा २२ अंक छ भने इन्टरको ८ खेलमा २१ अंक रहेको छ ।

प्रकाशित मिति: : 2019-10-20 21:03:57

प्रतिकृया दिनुहोस्