बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा बार्सिलोनाले ईबरलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, लिओनल मेसी र लुईस स्वारेजले समान एक एक गोल गरे ।
१३ औं मिनेटमा ग्रिजम्यानको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।पहिलो हाफ १–० ले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ५८ औं मिनेटमा मेसीले दोस्रो गोल गरे । त्यसपछि स्वारेजले ६६ औं मिनेटमा तेस्रो गोल गर्दै जित दिलाए ।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ९ खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानको रियल मड्रिडसँग एक अंकको दुरी कायम गरेको छ। यता पराजित ईबर भने ९ अंक सहित १३ औं स्थानमा रहेको छ ।