डब्ल्यूसीएल: काठमाडौंको दोस्रो जित

फाइल तस्बिर

वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) क्रिकेटमा क्याट क्विन्स काठमाडौंले दोस्रो जित हात पारेको छ । उसले शनिबार भएको खेलमा बिराटनगर टाइटन्सलाई ५२ रनले हराएको हो ।

काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको बिराटनगरले २० ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो । उसका लागि लक्ष्मी चौधरीले ४० रन बनाए । अन्य खेलाडीले भने दोहोरो रन छुन सकेनन् ।

यसअघि त्रिबि मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो ।काठमाडौंको लागि रोमा थापा ५३ रनमा अविजित रहिन् ।रश्मी चौलागाईले ३४ रन बनाइन् भने कप्तान रुविना क्षेत्री ३५ रनमा अविजित रहिन् ।

जितसँगै काठमाडौं र विराटनगरको समान ४ अंक भएको छ । चितवन राइनोजको भने ६ अंक छ ।यो बिराटनगरको पहिलो हार हो । यदि यो खेल जितेको भए बिराटनगरको एलिमिनेटरमा स्थान पक्का हुने थियो । तर समूह चरणको अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

प्रकाशित मिति: : 2019-10-19 17:32:16

प्रतिकृया दिनुहोस्