एनआरएनएको आधिकारिक नतिजा : को जिते- को हारे ?, कसले कति मत पाए ?

एनआरएनएको आधिकारिक नतिजा : को जिते- को हारे ?, कसले कति मत पाए ? : ब्रेक एन लिंक्स ग्राफिक्स ।

एनआरएनएको चुनाव केही स्वभाविक र केही अस्वभाविक नतिजा निकाल्दै सकिएको छ । संस्थापन कांग्रेस र केही छुटेका कांग्रेसहितको समावेशी समुहबीच सिधा टक्कर रहेको प्रतिस्पर्धामा केही पदबाहेक अधिकांश समावेसी समुहले जितेको छ । यद्यपि, यो समुहलाई नेपालको सत्तारूढ नेकपाको समर्थन रहेकाले धेरैले वामपन्थी समुह पनि भनेका थिए ।

अध्यक्षमा समावेसी समुहका कुमार पन्तले १२१७ मत ल्याएर उनका निकटतम प्रतिस्पर्धी कुल आचार्यलाई १४७ मतान्तरले जितेका छन् । प्रजातान्त्रिक समूहका आचार्यले १०७० मत प्राप्त गरे । चार उपाध्यक्षमा समावेसी समुहका डा. बद्री केसी (११६३), अर्जुन श्रेष्ठ (१०२६) र सोनाम लामा (८९८) र प्रजातान्त्रिक समुहका मन केसी (९६१) मत ल्याइ विजयी भए । पराजित हुनेमध्ये प्रजातान्त्रिक समूहका डा. केशव पौडेलले ८७०, नरेन्द्र भाटले ७५९ र किरण बिक्रम मल्ले ४२३ मत ल्याएका थिए । यसैगरी धर्मराज अधिकारीले ७५५ र हिक्मतबहादुर थापाले ४१४ मत पाए ।

यसैगरी महिला उपाध्यक्षमा प्रजातान्त्रिक समुहकी रविना थापाले १२३२ मत प्राप्त गर्दै समावसी समुहकी सपिला राजभण्डारीलाई पराजित गरिन् । वर्तमान कार्यसमितिमा पनि महिला उपाध्यक्ष रहेकी राजभण्डारीले ८६३ मत मात्र प्राप्त गरिन् ।

महासचिवमा समावेसी समुहका डा. हेमराज शर्मा ११३९ मत प्राप्त गर्दै विजयी भए । उनकी प्रतिद्वन्दी प्रजातान्त्रिक समूहकी जानकी गुरूङले १०५३ मत प्राप्त गरिन् । 

यसैगरी कोषाध्यक्षमा प्रजातान्त्रिक समुहका सुदन थापाले पाएको भन्दा तीन गुना बढी मत ल्याएर महेश कुमार श्रेष्ठ विजयी भए । समाव्सी समुहबाट उम्मेद्वारी दिएका जापानी एनआरएन श्रेष्ठले १६५३ मत पाए । यस निर्वाचनमा सबैभन्दा लोकप्रिय मत पाउँने पनि श्रेष्ठ नै भए ।

सचिवमा समावेसी समुहका गौरीराज जोशी (९१६) र आर के शर्मा (८६८) विजयी भए । उनीहरूको विरूद्धमा उम्मेद्वारी दिएका प्रजातान्त्रिक समुहका शिवकुमार बरूवाल र अभिमानसिंह बस्नेतले ४९९ मत पाए । दुबै प्यानलमा पर्न नसकेपछि स्वतन्त्र उम्मेद्वारी दिएका विनय अधिकारीले २६८, दीपक प्रसाद ओलीले २७० र सुष्मा लिम्बूले ४४१ मत प्राप्त गरे । 

यसैगरी सहकोषाध्यक्षमा पनि समावेसी समूहकै लोकप्रसाद दाहाल विजयी भए । उनले ११८४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी गोविन्दप्रसाल गौतमले ८५२ मत पाए । 

महिला संयोजकमा भोमादेवी लिम्बू ७०२ मत ल्याइ विजयी भइन् भने युवा संयोजकमा विजयी हिमाल गुरूङले ७६८ मत पाए । 

अन्य कुन कुन पदमा को को बिजयी भए ? कसले कति मत पाए, त्यसका लागि यहाँ सूची समावेस गरिएको छ ।

प्रकाशित मिति: : 2019-10-19 02:15:47

प्रतिकृया दिनुहोस्