नौबिसे–नागढुंगा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।
सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो ।
एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ ।