पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ ।
लामो समयदेखि मुटु रोगबाट पीडित ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए ।उनका श्रीमती र २ छोरा छन् ।