वडाध्यक्ष र सरकारी कर्मचारीसहित ७ जुवाडे पक्राउ

सांकेतिक तस्बिर

जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई पक्राउ गरेको छ।

मङ्गलबार राति धनगढी उप महानगरपालिका–३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर पक्राउ परेका हुन्।

यस्तै धनगढी उप–महानगरपालिका–३ का ४३ वर्षीय हरि सिंह बोहरा, वडा नम्बर ३ का ३७ वर्षीय गणेश बहादुर साउद, ४३ वर्षीय तारा चन्द, ३३ वर्षीय प्रकाश भाट र कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का ४८ वर्षीय गिरीराज पाण्डेय रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४ सय ५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति: : 2019-10-16 16:18:56

प्रतिकृया दिनुहोस्