पारस खड्काले राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्यागेपछि सामाजिक सञ्जालमा ‘थ्यांक यु पारस’ ह्यास ट्याग ट्रेन्डिङ भइरहेको छ ।
नेपाल स्थित अमेरिकी राजदूत रान्डी बेरीले पनि सामाजिक संजालमा टुइटरमा बुधबार ‘थ्यांक यु पारस’ ह्यास ट्याग राख्दै उनलाई भावि योजनाका लागि शुभकामना दिएका छन् ।
बेरीले लेखेका छन्, ‘नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रुपमा शानदार पारीका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावि योजना एउटा खेलाडीका रुपमा समेतका लागि शुभकामना छ ।’
बेरीले आफूलाई क्रिकेटको ज्ञान दिलाउन पारसले समय निकालेको भन्दै विशेष धन्यवाद दिएका छन्।
‘नेपाली राष्ट्रिय क्रिकेट कप्तानका रुपमा शानदार पारीका लागि म पारसलाई बधाई दिन चाहन्छु । उनको भावि योजना एउटा खेलाडीका रुपमा समेतका लागि शुभकामना छ ।’
I want to congratulate @Paras77 on his fantastic innings as the Nepali nat'l cricket captain & wish him all the best for his future endeavors, including as a player! Also, sending a special thanks for taking time for my cricket lessons! #ThankYouParas pic.twitter.com/daH2KeLxhK
— Ambassador Randy Berry (@USAmbNepal) October 16, 2019