युरोकप छनोट २०२० मा फिनल्याण्डले अर्मेनियालाई सहजै हराएको छ ।
बुधबार बिहान भएको समूह जेको खेलमा फिनल्याण्डले अर्मेनियालाई ३–० ले हराएको हो ।फिनल्याण्डको जितमा पुक्कीले दुई गोल गरे भने जेनसेनले एक गोल गरे ।
खेलको ३१ औं मिनेटमा नै जेनसेनले गोल गर्दै फिनल्याण्डलाई १–० अग्रता दिलाए । उनकै गोल मार्फत पहिलो हाफ १–० ले अगाडी रहेको फिनल्याण्डले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ६१ औ मिनेटमा पुक्कीले गोल गर्दै फिनल्याण्डको अग्रता दोब्बर बनाए ।खेल सकिन दुई मिनेट बाँकी छदाँ पुक्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित दिलाए ।
पुक्की देशका सर्वाधिक तेस्रो गोलकर्ता बन्न सफल रहे । उनले २२ गोल गरेका छन् ।फिनल्याण्ड अहिलेसम्म युरोकप र विश्वकपमा छनोट हुन असफल हुदै आएको छ ।
बाँकी दुई मध्य एक जितले मात्र फिनल्याण्ड पहिलो पटक युरोकपमा छनोट हुन सक्नेछ ।समुहको शीर्ष स्थानमा रहदै ईटाली युरोकपमा छनोट भईसकेको छ ।
फिनल्याण्डले ८ खेलबाट १५ अंक जोडेको छ । उसले तेस्रो स्थानमा अर्मेनियासंग ५ अंकको अग्रता लिएको छ।