कप्तानी छाड्ने खड्काको निर्णय अप्रत्यासित, उहाँको नेतृत्व हामीलाई चाहिन्थ्यो: उपकप्तान मल्ल

फाइल तस्बिर

नेपाली राष्ट्रिय क्रिकेट टिम उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी छाड्ने पारस खड्काको निर्णय अप्रत्यासित भएको बताएका छन् ।

पारसले मंगलबार कप्तान पद छाड्ने घोषणा गरेका थिए । यसबारे मल्लले कहिलेपनि आफूलाई कप्तानी छाड्दैछु भनेर नबताएको बताएका छन् ।

‘मलाई सरप्राइज लागिरहेको छ । मैले उहाँसँग उपकप्तानका रुपमा लामो समय काम गरेँ ।मलाई कहिले कप्तानी छाड्ने कुरा गर्नु भएको थिएन ।', मल्लले भने ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवापछि नेपाली क्रिकेटले गति लिन लागेको अवस्थामा राजिनामा दिनुले नेपाली क्रिकेट क्षेत्रमा हानी हुने उनि बताउछन् । उनि भन्छन् ‘व्यक्तिगत रुपमा भन्नुपर्दा अझै उहाँको नेतृत्व हामीलाई चाहिन्थ्यो जस्तो लाग्छ ।’

तर पारसको व्यक्तिगत निर्णयको सम्मान गर्ने उनले बताए । मल्ल भन्छन्, ‘उहाँले केही सोचेर बुझेरै निर्णय लिएको होला । त्यसको सम्मान गर्नुपर्छ ।’

प्रकाशित मिति: : 2019-10-15 13:26:54

प्रतिकृया दिनुहोस्