महरालाई पुर्याइयो सरकारी वकिलको कार्यालय

फाइल तस्बिर

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थपका लागि केही बेरअघि सरकारी वकिलको कार्यालयमा ल्याईएको छ ।

सभामुखको पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई नेपाल प्रहरीले असोज १९ गते आइतबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो।

यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

अदालतबाट अनुमति पाएपछि नेपाल प्रहरीको एउटा टोली पक्राउ पुर्जीसहित सभामुखलाई सरकारी निवासबाटै पक्राउ गरकोे थियो ।

प्रकाशित मिति: : 2019-10-15 11:07:34

प्रतिकृया दिनुहोस्