शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईका अनुसार सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका थिए ।
विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको डीएसपी भट्टराईले जानकारी दिए ।