पाकिस्तानमा दुई हिन्दू किशोरीको अपहरण, जबर्जस्ती धर्म परिवर्तन र निकाह

फोटो: एजेन्सी

पाकिस्तानको सिन्ध प्रान्तमा दुई नावालिग हिन्दु दिदीबहीनीलाई अपहरण गरेर जवरजस्ती इस्लाम धर्म स्वीकार्न लगाउँदै 'निकाह' गर्न लगाएको घटना सार्वजनिक भएसँगै अल्पसंख्यक हिन्दू समुदायमा रोष पैदा भएको छ।

होलीको पूर्वसन्ध्यामा सिन्ध प्रान्तको घोटली जिल्लामा भएको हो। स्थानीय १३ वर्षया रविना र १५ वर्षिया रिनाले 'निकाह' गरेको भिडियो सार्वजनिक भयो।भिडियोमा उनीहरूले आफूखुशी निकाह गरेको देखाइएको थियो। तर, स्थानीय हिन्दू नेताहरूले त्यसलाई विश्वास नगरेर जबर्जस्ती गरिएको आरोप लगाएका थिए। 

अहिले निकाह गरेको भनिएका दुबै दिदीबहिनी अभिभावको सम्पर्कमा आएका छन् र उनीहरूले आफूहरूलाई जबर्जस्ती अपहरण गरेर मुस्लिम  बनाएको आरोप लगाउँदै स्थानीय प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका छन्। 

जवरजस्ती अपहरण गरेर मुस्लिम बनाइएका दिदि-वहीनीले दर्ता गराएको मुद्दामा लेखिएको छ- 'केही दिन पहिले अपहरणकारीहरुसँग पिताको वादविवाद भएको थियो। सोही टोलीले होलीको अघिल्लो दिन हातहतियारसहित आफ्नो घरमा आएर अपहरण गरेर लगे।'

नावालिग किशोरीलाई अपहरण गरेर धर्म परिवर्तन गराएको भन्दै स्थानीय अल्पसंख्यले बिरोध गरेपछि मात्र प्रहरीले उजुरी दर्ता गराएको थियो।

यो घटनापछि सिन्ध प्रान्तका अल्पसंख्यक हिन्दू समुदायमा डर र आक्रोश पैदा भएको छ।उनीहरूले नावालिग किशोरीलाई अपहरण गरेर जबर्जस्ती धर्म परिवर्तन गराएर निकाह गराउँनेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।  

हिन्दु समुदायका नेताहरूले प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानका अल्पसंख्यकप्रति चुनावताका गरिएका बाचाहरु पूरा गर्न माग गरेका छन्। पाकिस्तानको गैरसरकारी संस्था 'हिन्दू सेवा वेलफेयर'का अध्यक्ष संजेश धांजीले 'पाकिस्तानमा अल्पसंख्यकहरु सुरक्षित छैनन भन्ने योभन्दा ठुलो प्रमाण अरु केही हुन नसक्ने बताएका छन्।

प्रकाशित मिति: : 2019-03-24 05:47:02

प्रतिकृया दिनुहोस्