महरा-प्रकरण अपडेट : फेरि प्रहरी हिरासतमै फर्काइयो महरालाई

प्रहरी हिरासतमै फर्काइदै महरा ।

नेपालको संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुन: महानगरीय प्रहरी वृत्त सिहदरवारकै प्रहरी हिरासतमा ल्याइएको छ । वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा अक्सिजनको कमी देखिएपछि  सरकारी निवास बालुवाटार पुर्याइएका उनलाई फेरि प्रहरी हिरासतमै फर्काइएको हो ।

प्रहरी स्रोतका अनुसार प्रहरी हिरासतमा राख्नुअघि प्रहरीले गर्ने नियमित स्वास्थ्य परीक्षणका लागि बीर अस्पताल लगिएकोमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । 

संसद सचिवालयमा कार्यरत् रोशनी शाहीले बलात्कार प्रयास गरेको कीटानी जाहेरी दिएपछि महरालाई आईतबार साँझ पक्राउ गरिएको छ । 

यो पनि पढ्नुहोस् 
विदेशी नेपाली थालमा रम्दै, नेपाली थाल विर्सदै: डाक्टर निर्मला

जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट महराविरूद्ध  आइतबार पक्राउ पुर्जी जारी भएको हो ।  त्यही पूर्जीका आधारमा उनलाई प्रहरील् पक्राउ गरेको हो र 

 

प्रकाशित मिति: : 2019-10-06 23:43:59

प्रतिकृया दिनुहोस्