काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी भएको पुष्टि भएको छ ।
उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो ।
यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो ।
एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।