विषालु च्याउ खाँदा सर्लाहीको इश्वरपुर नगरपालिका ११ भलुवाइका एकै परिवारका १२ जना बिरामी परेका छन्।
आइतवार राती करिब साढे १० बजे जंगलबाट ल्याएका च्याउ पकाएर खाँदा बृजकुमार माझीका पुरै परिवार बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीया बुहारी सबिता माझी, ६ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाती अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अन्जु देवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, ५ वर्षीया छोरी प्रियंका माझी र ३ वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ।
आइतबार राति परिवारका सदस्य सबै जनालाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ । बिरामीमध्ये दुवै जना बुहारीको अवस्था गम्भीर रहेको जनाइएको छ ।