स्पेनिस ला लिगा: रियल सोसीयाडाडमाथि सेभियाको झिनो जित

तस्बिरः एजेन्सी

स्पेनिस ला लिगा फुटबलमा सेभियाले रियल सोसीयाडाडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सेभियाले रियल सोसिडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सेभियालाई जित दिलाउन नोलिटो लुकास, ओकाम्पोस र फ्रान्को भाज्क्वेजले समान एक एक गोल गरेका थिए भने सोसीयाडाडका लागि मिकेल ओयारजाबाल र पोर्टूले एक एक गोल गरेका थिए ।

खेलको ४ मिनेटमा नै पाहुना टोली सोसीयाडाडले अग्रता बनायो । उसका लागि मिकेल ओयारजाबालले गोल गरे ।तर खेलको १८ औं मिनेटमा नै घरेलु टोली सेभिया खेलमा फर्कियो । सेभियाका लागि नोलिटो लुकासले गोल गर्दै १–१ मा ल्याए ।

पहिलो हाफ १–१ को बराबरीमाा सकिएको खेलमा दोस्रो हाफमा थप ३ गोल भए । खेलको ४७ औं मिनेटमा गोल गर्दै पुनः सेभियाले २–१ को अग्रता बनायो । उसका लागि ओकाम्पोसले गोल गरे । त्यसपछि भाज्क्वेजले गोल गर्दै सेभियालाई ३–१ का् अग्रता दिलाए । तर खेलको ८७ औं मिनेटमा सोसीयाडाडका लागि पोर्टूले गोल गर्दै गोल अन्तर ३–२ मा झारे । बाँकी समय सोसीयाडाड खेलमा फर्किन नसक्दा सेभियाले ३ अंक हात पार्यो ।

जितसँगै सेभिया लिगको छैटौं स्थानमा उक्लिएको छ । सेभियाले ७ खेलमा १३ अंक जोडेको छ ।

७ खेलमा १३ अंक नै जोडेको सेभिया पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-09-30 08:03:05

प्रतिकृया दिनुहोस्