क्यानडा छोड्दै गर्दा मन्त्री योगेश भट्टराईलाई १७ प्रश्न

क्यानडा छोड्दै गर्दा ब्रेक एन लिंक्सका १७ प्रश्नको उत्तर दिदै मन्त्री योगेश भट्टराई् । तस्बिर :फाइल

योगेश भट्टराई, यो नाम नेपालका एक मन्त्रीको मात्र होइन, नेकपाका प्रभावशाली नेताको पनि हो । जिम्मेवारीका हिसाबले उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्छन् । तर, झण्डै दुई महिनाअघि पहिलोपल्ट मन्त्री भएका भट्टराईले ‘चौतर्फि परिवर्तन र सुधारका काम गरुन्’ भन्दै आशा गर्ने नेपाली धेरै छन् । किनकि, उनी ओली सरकारमा अग्रणी हिस्सा राख्छन् ।

उनै मन्त्री योगेश भट्टराई क्यानडाको साताव्यापी भ्रमण पूरा गरेर आइतवार साँझ स्वदेश फर्कंदैछन् । स्वदेश फर्कनै लाग्दा मन्त्री भट्टराईलाई ‘ब्रेक एण्ड लिंक्स’का तर्फबाट बेनुप भट्टराईले १७ प्रश्न सोधेको छन् । प्रस्तुत छ, तिनै प्रश्नको जवाफ, जस्ताको तस्तै :

१, जुलाई ३१ मा मन्त्री भएपछि तपाईंको यो पहिलो विदेश भ्रमण, समग्रमा क्यानडाको बसाई कस्तो रह्यो ?
हो, मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण थियो । जे विषयमा जे अपेक्षा गरेर क्यानडा आएको थिएँ, ती उपलव्धि हासिल भएका छन् । केही अर्थपूर्ण सम्झौता र भेटघाट भए, जसको फाइदा भविष्यमा हुनेछ । यो भ्रमण हवाई क्षेत्रसँग सम्बन्धित सबैभन्दा ठूलो महासभामा केन्द्रित थियो, मेरा लागि विभागीय दृष्टिले पनि यो महत्वपूर्ण थियो र रह्यो ।

एक सय ९३ देशका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी यो महासभाले संसारभरको हवाई क्षेत्रमा ठूलो महत्व राख्छ । हरेक तीन बर्षमा हुने यो महासभामा संसारभरका सरोकारवालाले सुन्ने गरी नेपालको कुरा राख्न पाउनु चानचुने कुरा होइन । त्यस अर्थमा यसपल्ट इकाओमा नेपालको जोडदार सहभागिता रह्यो ।

२, अन्तरार्ष्टि्रय नागरिक उड्डयन संघ (इकाओ) को ४० औं महासभामा सहभागिता के अर्थमा महत्वपूर्ण रह्यो ?
एक सय ९३ देशका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी यो महासभाले संसारभरको हवाई क्षेत्रमा ठूलो महत्व राख्छ । हरेक तीन बर्षमा हुने यो महासभामा संसारभरका सरोकारवालाले सुन्ने गरी नेपालको कुरा राख्न पाउनु चानचुने कुरा होइन । त्यस अर्थमा यसपल्ट इकाओमा नेपालको जोडदार सहभागिता रह्यो ।


३, नेपालको सहभागिता पहिले पनि भएकै थियो, फरक के रह्यो ?
नेपाली हवाई क्षेत्रका चुनौति, अवसर र सम्भावनाबारे सम्वोधन गरें । राम्रो गृहकार्य गरेर हामी प्रस्तुत भयौं । इकाओले पहिले ‘गम्भीर चासोयुक्त मुलुक’ को सूचीमा राखेकामा उडान सुरक्षा सुपरीवेक्षण क्षेत्रमा हामीले प्रगति गर्यौं । प्रगतिपछि पोहोरै इकाओबाट ‘काउन्सिल प्रेसिडेन्ट अवार्ड’ पायौं ।  

सुपरीवेक्षणको औसत अंक ६० हुनेमा नेपालले ६६.५ प्राप्त गर्यो । यसको अर्थ नेपाली जहाज अहिले सुरक्षित छन् भन्ने हो । ‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपाली जहाजबारे त्यसरी चर्चा गर्दा चासोपूर्वक सुन्ने धेरै भए । कतिपय देशका प्रतिनिधि त भेट्नै आए । कतिले हातेमालो गर्ने बचन दिए ।

४, नेपाल जहाज सत्र बर्षदेखि युरोप पुगेको छैन, अब तपाईंको पालामा पुग्ला त ?
पक्कै पुग्ला । सबै लागौं, आशा गरौं । इकाओले ‘गम्भीर चासोयुक्त मुलुक’को सूचीबाट हटाएको दुई बर्ष नाघिसक्दा पनि युरोपियन युनियनको प्रतिवन्ध कायमै छ । यसलाई हटाएर नेपाली जहाजको गन्तव्य युरोपियन देशसम्म बनाउन लागिपर्नेछु । यसबारे महासभामा इकाओका सभापति तथा युरोपियन प्रतिनिधिहरुसँग पनि वार्ता भयो । त्यसका लागि मिसन पठाएर नेपाली जहाजको सुरक्षा अवस्था अवलोकन गर्ने कुरा भएको छ ।

५, यसपल्टको महासभाबाट प्राप्त उपलव्धीहरु के के हुन् ?
हाम्रा जहाजलाई युरोपियन आकाश खुला नभएको तथ्य मध्यनजर गर्दै इकाओले प्राविधिक तथा विशेषज्ञ सहयोग गर्ने भयो । हाम्रो उडान सुरक्षाको प्रयासलाई सराहना गर्दै इकाओले सहयोगमा तत्परता देखाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र इकाओका प्रतिनिधिवीच यसमा सम्झौता नै भयो । अब नेपाललाई उपकरणदेखि विशेषज्ञसम्मका सहायता मिल्नेछ । त्यति मात्र होइन, महासभा चलिरहँदा इकाओका सभापतिसहित उच्चपदस्थ पदाधिकारी भेट्यौं र यसबारे सिरियस्ली कुरा राख्यौं ।

इकाओले ‘गम्भीर चासोयुक्त मुलुक’को सूचीबाट हटाएको दुई बर्ष नाघिसक्दा पनि युरोपियन युनियनको प्रतिवन्ध कायमै छ । यसलाई हटाएर नेपाली जहाजको गन्तव्य युरोपियन देशसम्म बनाउन लागिपर्नेछु । यसबारे महासभामा इकाओका सभापति तथा युरोपियन प्रतिनिधिहरुसँग पनि वार्ता भयो । त्यसका लागि मिसन पठाएर नेपाली जहाजको सुरक्षा अवस्था अवलोकन गर्ने कुरा भएको छ ।

६, युएई र अष्ट्रेलियासँग गर्ने भनिएको हवाई सेवा सम्झौता के भयो ?
युएईसँग हिजो नै सम्झौता गर्यौं । यसले दुई देशवीच सिधै हवाई यात्रा गर्न मात्र होइन, कार्गो ढुवानी गर्न र ट्रान्जिट प्रयोग गर्न पनि सजिलो हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दा युएईका अर्थमन्त्री सुल्तान विन सइद पनि उत्साहित देखिए ।

अब अष्ट्रेलियासँग पनि सम्झौता हुन्छ । म फर्किंदैछु तर नेपाली टोलीका जिम्मेवार पदाधिकारी महासभामै हुनुहुन्छ । अक्टोवर ४ सम्म महासभा चल्नेछ । प्रक्रिया अघि बढिसकेको छ । सम्झौतापछि नेपाली जहाजले नै काठमाडौं– अष्ट्रेलिया सिधै उडान गर्न बाटो खुल्नेछ । युएईजस्तै अष्ट्रेलियामा पनि धेरै नेपाली रहेको तथ्य अवगत गरेर सिधै उडान गर्न खोजेको हो । साउदी अरबको रियाद र दक्षिण कोरियाको सिओलमा उडान गर्ने गरी सम्झौताको गृहकार्यसमेत भइरहेको छ ।

७, सन् २०२० को नेपाल भ्रमण बर्षसँग हवाई सम्बन्धको महत्वबारे महासभामा के भन्नुभयो ?
गम्भीरतापूर्वक कुरा राखें । मेरो सम्बोधनमै ‘भिजिट नेपाल २०२०’ को प्रसंग थियो । महासभाबाटै नेपाल घुम्ने निम्तो गरें । नेपालले अघि सारेको यो अभियान सफल पार्न स्वदेशका मात्र नभई विदेशका हवाई कम्पनीको पनि सहयोग चाहिने बताएँ । सन् १९४४ को शिकागो महासभाका हवाई सुरक्षासम्बन्धी प्रावधान पालना गर्न नेपाल सदैव प्रतिवद्ध रहेको बताएँ । निसंकोच रुपमा नेपाल घुम्न आउनुस् भनेर सुरक्षाबारे आश्वस्त पारें ।  


८, नेपाल भ्रमण बर्षमा २० लाख पर्यटकले नेपाल भ्रमण गर्छन् त ?
पक्कै गर्नेछन् । यो सम्भव हुने लक्ष्य राखेका हौं । किनकि, नेपाल अब पहिलेजस्तो असुरक्षित छैन । तीन तहका निर्वाचन पूरा गर्यौं । वडा वडासम्म जनप्रतिनिधि छन् । सुरक्षा व्यवस्था सन्तोषजनक छ । भूकम्पले क्षतिग्रस्त धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका संरचना पुननिर्माण हुनेक्रममा छन् । काठमाडौंका सडक सुधार्दैछौं । अन्तर्रार्ष्ट्रिय एअरपोर्ट मात्र होइन, आन्तरिक एअरपोर्ट पनि मर्मत सुधार भइरहेकै छन् । हामीसँग अझै तीन महिना बाँकि छ । यसवीचमा धेरै सुधारका काम गर्छौ र अभियान सफल पार्छौं ।

९, नेपाल भ्रमण बर्ष सफल बनाउन क्यानडामा रहेका नेपालीबाट के अपेक्षा गर्नुभएको छ ?
अपेक्षा यहाँ रहेका नेपालीबाट मात्र होइन, संसारभर फैलिएका सबै नेपालीबाट गरेको छु । अभियानका लागि ‘एक नेपाली बराबर एक विदेशी’ भन्ने नारा नै बनेको छ । अर्थात्, नेपाल बाहिर बस्ने नेपालीले एक विदेशीलाई नेपाल घुम्न पठाउनुपर्नेछ । यो मातृभूमिका लागि नेपाल सरकारको अनुरोध हो ।


राजनीतिक अधिकारसहितको नागरिकता ठीक/बेठिक या दिने/नदिने भन्ने म डिसाइड गर्ने ठाउँमा छैन । संसदको राज्य व्यवस्था समितिले यसको निर्क्यौल गर्नेछ । यस्तो नागरिकताको माग गर्ने विदेशका नेपालीहरुले संस्थागत रुपमा प्रतिनिधि पठाएर समितिका पदाधिकारीसँग छलफल गर्न सक्नु हुनेछ । 


क्यानडामा रहँदा मन्ट्रियल, अटोवा, टोरन्टो जहाँ जहाँ पुगें, त्यहाँ भेटेजति सबैले सुन्ने गरी आफू पनि आउन, नत्र विदेशीलाई नेपाल पठाउन अनुरोध गरें । टोरन्टोमा नेपाली राजदूतावासले क्यानेडियन सरोकारवाला बोलाएर कार्यक्रम नै गर्यो । एनआरएनएसहित नेपाली संघ संस्थाका साथीहरुले अर्को कार्यक्रम गर्नुभयो । दुबै ठाउँमा भ्रमण बर्ष २०२० प्रति सकारात्मक चर्चा भयो । सबै एक्टिभ्ली लाग्दा यो अभियान सफल हुन्छ । क्यानडामा सबै सकारात्मक पाएँ, पक्कै सघाउनु हुनेछ भन्ने आशा एवं विश्वास राखेको छु ।

०, विदेश बस्ने नेपालीले राजनीतिक अधिकारसहितको नागरिकता भन्दैछन्, तपाईंले पनि सुन्नुभयो होला, यसबारे के भन्नुहुन्छ ?
यस्तो माग हुनु अस्वभाविक होइन । जसलाई पनि धेरै अधिकारको भोक हुन्छ । तर, राजनीतिक अधिकारसहितको नागरिकता ठीक/बेठिक या दिने/नदिने भन्ने म डिसाइड गर्ने ठाउँमा छैन । संसदको राज्य व्यवस्था समितिले यसको निर्क्यौल गर्नेछ । यस्तो नागरिकताको माग गर्ने विदेशका नेपालीहरुले संस्थागत रुपमा प्रतिनिधि पठाएर समितिका पदाधिकारीसँग छलफल गर्न सक्नु हुनेछ । माग गर्नुको आवश्यकता र औचित्य प्रष्ट्याउनु हुनेछ । यसको छिनोफानो समितिमार्फत संसदबाटै हुनेछ ।


११, निजगढमा अन्तरार्ष्ट्रिय एअरपोर्ट बन्ला ? कि यो एउटा सपना मात्रै हुनेछ ?
अनेकथरी हल्लालाई बिर्सनुस् । निजगढमा पक्कै अन्तरार्ष्ट्रिय एअरपोर्ट बन्छ । अब ठेक्का प्रक्रिया नै अघि बढ्छ । लगानी बोर्डले गरेको सम्मेलनमा परेका सात प्रस्तावमध्ये स्विटजरल्याण्डको जुरिच इन्टरनेश्नल एअरपोर्टको प्रस्ताव योग्य देखिएको छ । बोर्डले विस्तृत प्रतिवेदन माग गरिसकेको छ । सरकारले पीपीपी मोडेलमा जानेगरी प्रस्ताव स्वीकृत गर्नेछ । अनि, निर्माणस्थलका संरचना हटाउने, बस्ती स्थानान्तरण गर्ने काम अघि बढ्छ ।

दमक उद्योग वाणिज्य संघमा होस् या क्रिकेट एसोसिएसनमा, पराजयलाई सहजतापूर्वक स्वीकार्नुपर्छ । हामी स्वीकार्छौं । तर, यस्ता संघ-संस्थाका चुनाव नै जनमत कता ढल्किँदैछ भन्ने देखाउन पर्याप्त उदाहरण होइनन् ।पार्टीभित्र आन्तरिक कमी-कमजोरी भएका हुनसक्छन् । ती कुरालाई मध्यनजर गर्दै गल्ती कमजोरी भएको पाइएमा सच्याएर अघि बढ्नेछौं ।

१२, काठमाडौं– ओसाका उडान झण्डै रित्तै हुन्छ रे, नेपाल एअरलाइन्सले घाटामा जापान उडिरहनु ठीक हो र ?
झट्ट सुन्दा घाटाको व्यापार राम्रो लाग्दैन । तर, हामी ओसाका उडानलाई यात्रुको बढी चाप हुने नारिता विमानस्थल सार्न प्रयासरत छौं । म मन्त्री हुनुभन्दा पहिल्यै ओसाका उड्ने योजना भइसकेको थियो । त्यसैले निर्णय कार्यान्वयन गर्यौं । नेपाली यात्रु बढी हुने नारिता विमानस्थलका लागि नेपाल एअरलाइन्सले चार्टड सेवा सुरु गरिसकेको छ । त्यो मात्रै होइन, हामीलाई फाइदा हुने अरु अन्तर्राष्ट्रिय गन्तव्य पनि खोज्दै छौं ।

१३, अब फरक प्रसंगतिर लागौं । पशुपतिनाथको आरतिमा राष्ट्रियगान बजाउने कुरा विवादमा आयो, किन एकपछि अर्को विवादित निर्णय गर्नुभयो ?
नेपालीलाई देशसँग जोड्ने एउटा सेतुका रुपमा राष्ट्रियगानलाई लिइन्छ । त्यसलाई पशुपतिनाथको आरतिमा गाउने व्यवस्था गराउन खोज्नु आफैंमा नराम्रो प्रयास होइन । भलै, देशवासीलाई जोड्ने राष्ट्रियगान मात्र पनि होइन । यसबारे जनस्तरबाट सकारात्मक/नकारात्मक दुबैखाले प्रतिक्रिया आएका छन् । हामी सबै खाले सुझाव र प्रतिक्रियाको सम्मान गछौं । त्यही सम्मान गर्ने क्रममा यसलाई गम्भीरतापूर्वक लिएर तत्काललाई बजाउन रोक्यौं ।
 
१४, नेकपाले दमकको उद्योग वाणिज्य संघदेखि नेपाल क्रिकेट एसोसिएसनको चुनावसम्म एकपछि अर्को पराजय भोगिरहेको छ, सत्तारुढ पार्टी किन यसरी एकपछि अर्को गरेर अलोकप्रिय हुँदैछ ?
दमक उद्योग वाणिज्य संघमा होस् या क्रिकेट एसोसिएसनमा, पराजयलाई सहजतापूर्वक स्वीकार्नुपर्छ । हामी स्वीकार्छौं । तर, यस्ता संघ-संस्थाका चुनाव नै जनमत कता ढल्किँदैछ भन्ने देखाउन पर्याप्त उदाहरण होइनन् । पार्टीभित्र आन्तरिक कमी-कमजोरी भएका हुनसक्छन् । ती कुरालाई मध्यनजर गर्दै गल्ती कमजोरी भएको पाइएमा सच्याएर अघि बढ्नेछौं ।

दशैंले सबै नेपालीलाई खुसी साट्ने अवसर प्रदान गरोस् । परिवारसँग मिलेर टीका-जमरा ग्रहण गर्ने मौका दिलाओस् । छरिएका सन्तान दरसन्तानलाई एक दिन भए पनि एकै चुल्होमा खाने गरी एकत्रित गराओस् । नेपालीको महानचाड दशैंको अवसरमा देश विदेशमा छरिएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना ।


१५, तपाईंलाई नेपालगञ्जमा ‘वैचारिक रामधुलाईं गरें’ भन्ने ज्ञानेन्द्र शाहीमाथि चितवनमा सांघातिक आक्रमण भएछ, यो घटनाको जरो खासगरी तपाईंसँग जोडिएको छ, यसलाई कसरी लिनुहुन्छ ?
सबैले सम्हालिनुपर्छ । शिष्टततापूर्वक व्यवहार गर्नुपर्छ । मनोमानी गर्ने छुट कसैलाई छैन । जे मन लाग्यो त्यो गर्न पाईंदैन ।


१६, उड्नुअघि भन्दिनुस्, क्यानडामा घुमेमध्ये कुन शहर मनपर्यो ? यहाँका के के कुरा ‘नेपालमा पनि भइदिए...’ भने झैं लाग्यो ?
नेपाली टोलीको नेतृत्व गरेर इकाओ महासभामा आएको थिएँ, त्यसैमा बढी केन्द्रित भएँ । खासै घुम्न पाइएन, घुम्ने भन्ने योजना पनि थिएन । इकाओको मुख्यालय रहेको मन्ट्रियल, अटोवा र टोरन्टो, मलाई यी तीनै शहर आआफ्ना विशेषता बोकेका उत्तिकै राम्रा लागे ।

भौतिक विकास त भइहाल्यो, क्यानडाबाट हामीले सिक्न अर्थात् तारिफ गर्न लायक कुरा चाहिँ सिभिलाइजेशन र हार्डवर्किङ लाग्यो । अनि, कसैले कसैको कुरा नकाट्ने अर्थात् सरोकार नराख्ने विषयमा नअल्मलिई आफ्नो धूनमा काम गरिरहने प्रवृत्ति मनपर्यो ।

१७, अन्तमा, दशैंको पूर्वसन्ध्यामा आज घटस्थापना, केही भन्नुहुन्छ कि ?
दशैंले सबै नेपालीलाई खुसी साट्ने अवसर प्रदान गरोस् । परिवारसँग मिलेर टीका-जमरा ग्रहण गर्ने मौका दिलाओस् । छरिएका सन्तान दरसन्तानलाई एक दिन भए पनि एकै चुल्होमा खाने गरी एकत्रित गराओस् । नेपालीको महानचाड दशैंको अवसरमा देश विदेशमा छरिएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना ।

प्रकाशित मिति: : 2019-09-30 04:15:53

प्रतिकृया दिनुहोस्