कृषि विकास बैंकको लाहान शाखाका कर्मचारी पक्राउ

फाइल तस्बिर

कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।

लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

यसअघि बिहिबार कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा स्याङ्जा, वालिङका रामकृष्ण भुसाललाई पक्राउ गरिएको थियो ।

प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ । यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: : 2019-09-29 16:15:30

प्रतिकृया दिनुहोस्