कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै सिंगापुरविरूद्ध नेपालको सानदार जित

तस्बिरः आईसिसि

कप्तान पारस खड्काको शानदार शतकसँगै नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा सिंगापुरलाई पराजित गरेको छ ।इन्डियन एसोसियसनको मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो ।

सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएपछि १५२ रनको पछ्छाएको नेपालले १६ ओभरमा १ विकेट गुमाएर जित दर्ता गरेको हो । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमान शतक बनाए । उनले ५२ बलमा १०६ रन बनाएर अविजित रहे । यस्तै आरिफ शेखले ३९ रन बनाएर अविजित रहे ।ओपनर इशान पाण्डे ५ रनमा आउट भए ।

 सिंगापुरका लागि एक मात्रै विकेट जनक प्रकाशले लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । सिंगापुरका लागि कप्तान टिम डेविड ४४ बलमा ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । जनक प्रकाश १८ बलमा ३ चौका र १ छक्का सहित २५ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । टि२० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिदा कुनै विकेट लिएनन् । अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए ।

*** 

पारसको कीर्तिमान

म्यान अफ दी म्याच पारस खड्का

कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै सिंगापुरविरूद्ध नेपालको सानदार जित

कप्तान पारस खड्काको सानदार शतकसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको सानदार जित निकालेको छ।

जिम्बाम्बे, नेपाल र सिंगापुर सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको सहज जितमा कप्तान खड्काले टी-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक प्रहार गरे।

पारसले ४९ बलमा शतक प्रहार गरेका हुन्। ओपनर उनले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन्।

कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे। पारसलाई आरिफले ३८ बलमा ३९ रन जोड्दै साथ दिएका थिए।

त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए। आरिफ शेख ३८ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहे।

कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गरे। जुन टी२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको सबैभन्दा उच्च साझेदारी हो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। सिंगापुरका लागि कप्तान टिम डेविड अर्धसतक बनाए। ४४ बल खेलेका ३ चौका र ४ छक्का सहित ६४ रनमा अविजित रहे । सुरेन्द्रन चन्द्रमोहनले ३५ रन जोड्दा जनक प्रकाशले २५ रनमा अविजित रहे।

नेपालका लागि करन केसीले २ विकेट हात पार्दा टी२० आईमा डेब्यू गरेका सुसन भारीले एक विकेट लिए।

टी २० मा डेब्यू गरेका सुसन भारीले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए। सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिए पनि कुनै विकेट लिएनन्। अभिनाश बोहोराले ३ ओभरमा १६ रन खर्चिए।

पारसको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेका छन्।

सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध सहज जित दर्ता गर्ने क्रममा कप्तान पारस खड्काले टि-२० क्रिकेटमा छिटो शतक बनाउने मार्टिन गुप्तिल र ग्लेन म्याक्सवेलसँगै शीर्ष १० मा अटाएका छन्।

आक्रामक ब्याटिङ गर्दै पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक प्रहार गरेका पारसले १ सय ६ रनको नटआउट इनिङ खेले।

उनले यसक्रममा ५२ बलको सामना गर्दै ७ चौका र ९ छक्का प्रहार गरे । पारसले ४९ बलमा शतक पूरा गरेका थिए। उक्त कीर्तिमानसँगै पारस टी-२० अन्तर्राष्ट्रियमै आक्रामक शतक प्रहार गर्ने शीर्ष १० मा परेका हुन्।

२९ बलमा अर्धशतक पूरा गरेका पारसले दोस्रो ५० रन पूरा गर्न थप २० बल खेले।

म्याक्सवेलले सन् २०१६ मा श्रीलंकाविरुद्ध र गुप्तिलले सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध ४९ बलमा सतक बनाएका थिए।

पारसले यसअघि फेब्रुअरीमा नेपालका लागि यूएईविरुद्ध भएको वान डे अन्तर्राष्ट्रियमा पनि पहिलो शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए ।

टी-२० आईमा सर्वाधिक छिटो शतक प्रहार गर्नेहरू

रोहित शर्मा (भारत)- ३५ बल विरूद्ध श्रीलंका सन् २०१७

डेविड मिलर (दक्षिण अफ्रीका)- ३५ बल विरूद्ध बंगलादेश सन् २०१७

सुदेश विक्रमसेकरा (चेक गणतन्त्र) विरूद्ध टर्की सन् २०१९

शिवकुमार पेरियाल्वर -३९ बल (रोमानिया)

जर्ज मुन्से -४१ बल

हज्रतुल्लाह जजाई -४२ बल

जेपी कोट्जे -४३ बल

रिचार्ड लेभी -४५ बल

फाफ डु प्लेसिस - ४६ बल

केएल राहुल -४६ बल

आरोन फिन्च -४७ बल

क्रिस गेल-४७ बल

कोलिन मुनरो -४७ बल

रविन्द्रपाल सिंह -४७ बल

एभिन लेविस -४८ बल

ब्राण्डम म्याक्कुलम- ५० बल

बाबार हायातले -५० बल

प्रकाशित मिति: : 2019-09-28 20:18:02

प्रतिकृया दिनुहोस्