दक्षिण एसियाली खेलकुद अन्तर्गतको साफ यू १८ को सेमिफाइनल खेलहरु आज हुँदैछन्।
आज हुने पहिलो पहिलो खेलमा समूह भुटानले बंगलादेशको सामना गर्ने छ।भुटान ए को विजेता हो भने बंगलादेश समूह बी को उपविजेता हो ।
त्यस्तै दोस्रो खेलमा समूह बी को विजेता भारतले समूह ए को उपविजेता माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ। हलचोक स्थित शसस्त्र प्रहरीको मैदानमा पहिलो खेल ११ बजे र दोस्रो खेल ३ बजे सुरु हुने छ।
समूह ए बाट भुटान ४ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको थियो। त्यस्तै समूह बी बाट भारत समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे। भारत र बंगलादेशले समान ४ अंक र गोलान्तर पनि बराबरी भएपछि गोलाप्रथाबाट भारत समूह विजेता बनेको थियो।
प्रतियोगितामा आयोजक तथा डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको नेपाल भुटानसँग ३–० ले पराजित भयो।