१० असोज, काठमाडौं । गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्करदियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो ।
महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम तामाङलाई नियन्त्रणमा लियो । तामाङमाथि लागेको सवारी ज्यानको अभियोगमा आइतबार जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस भइरहेको थियो ।