वीरगञ्जबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ का ५१ वर्षीय मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारी रहेका छन् ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीको टोलीले नक्कली सवारी चालक अनुमति पत्र बनाउन प्रयोग गरिएको कागजातसहित उनीहरुलाई वीरगञ्ज-११ बाट बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।
बाराको कोल्हवी नगरपालिका–४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र बनाउने कार्यमा संलग्न रहेको प्नहरीले जनाएको छ ।