२०२१ को च्याम्पियन्स लिगको फाइनल रसियाको सेन्ट पिटर्सवर्गमा हुने

युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चिच लिग युइएफए च्याम्पियन्स लिग र युरोपा लिग आयोजक युइएफएले तेस्रो युरोपियन लिगको रूपमा युरोपियन कन्फेरेन्स लिग आयोजना गर्ने अवधारणा अघि सारेको छ ।

युइएफएको स्लोभेनियामा बसेको बैठकले युरोपियन कन्फेरेन्स लिग २०२१ देखि सुरु हुने निर्णय गरेको हो । यो लिग पनि च्याम्पियन्स लिग र युरोपा लिग सँगसँगै आयोजना हुनेछ । तर, यो प्रतियोगिताको लागि कुन स्तरको टोली र कति टोली हुने त्यो खुलाइएको छैन ।

युरोपियन राष्ट्रमा विभिन्न देशका ५ लिगहरू इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग, स्पेनको ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ र फ्रेन्च लिग वानका क्लबहरू घरेलु लिगमा उच्च प्रदर्शन गर्दै यही च्याम्पियन्स लिग र युरोपा लिगमा स्थान बनाउन खेल्ने गर्दछन् ।

कम्तीमा एक प्रिमियर लिग क्लबले हरेक वर्ष प्ले अफ खेल्न पाउने प्रावधान हुन सक्ने युइएफएले योजना अघि सारेको छ । च्याम्पियन्स लिगमा प्रिमियर लिगका शीर्ष ४ टोलीले स्थान बनाउनेछ । पाँचौं टोलीले युरोपा लिगमा स्थान बनाउनेछ ।

इंग्ल्यान्डको एफएफ विजेताले युरोपा लिगको लागि छनोट खेल्नुपर्ने प्रावधान छ । लिग कपको विजेताले युरोपियन कन्फेरेन्स लिगलाई योग्य हुन सक्ने आयोजकले बताएको छ । यस्तै, युइएफएको बैठकले २०२१ को च्याम्पियन्स लिगको फाइनल रसियाको सेन्ट पिटर्सवर्गमा, २०२२ को फाइनल जर्मनीको आलीआन्ज एरिनामा र २०२३ को फाइनल इंग्ल्यान्डको बेम्बली स्टेडियममा हुने निर्णय पारित गरेको छ ।

प्रकाशित मिति: : 2019-09-26 14:41:29

प्रतिकृया दिनुहोस्