असोज ७, २०७६
मलाई तिमी नि उस्तै लाग्छ तिम्रो बानी देखेर,
खै ! कसरी बुझ्छौ हाम्रो पीडा राजधानी बसेर,
सक्छौ भने मेरो जलाइएको छाप्रो हेर्न आउनू,
अचेल म कसरी बाँचेको छु त्यही खरानी हेरेर ।
कैलालीको धनगढीका सत्य नारायण दहितको रचनाको अंश हो । दहितले २०७२ भदौ ७ गते घटेको टीकापुर घटनापश्चातका अवस्थाको वास्तविक प्रकटीकरणका लागि लेखेका थिए, यो कविता । टीकापुर घटना अर्थात् थारूहरूको पहिचान सहितको हक अधिकारको संवैधानिक ग्यारेन्टीका लागि नेपालको संविधान निर्माणपूर्व भएको राजनितिक घटना ।