अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सोमबार सार्वजनिक गरेको विश्व ११ टिममा नेदरल्यान्ड्सका तीन जना खेलाडी परेका छन्।
सोमबार इटालीको मिलानमा आयोजित फिफा अवार्ड २०१९ कार्यक्रममा सार्वजनिक गरिएको टिममा ब्राजिलका दुई जना खेलाडीलाई स्थान दिइएको छ।जहाँ स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी र अमेरिकाकी मेगन रिपोन वर्षका उत्कृष्ट खेलाडी घोषित भएका थिए।
विश्व ११ टिम
एलिन्सन (लिभरपुल/ब्राजिल)
सर्जियो रामोस (रियल म्याड्रिड/स्पेन)
भर्जिल भान डाइक (लिभरपुल/नेदरल्यान्ड्स)
डि लिट (युभेन्ट्स/नेदरल्यान्ड्स)
मार्सेलो (रियल म्याड्रिड/ब्राजिल)
लुका मोड्रिक (रियल म्याड्रिड/क्रोएसिया)
डि जोङ (बार्सिलोना/नेदरल्यान्ड्स)
लिओनल मेसी (बार्सिलोना/अर्जेन्टिना)
इडिन हजार्ड (रियल म्याड्रिड/बेल्जियम)
केलियन एमबाप्पे (पिएसजी/फ्रान्स)
क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स/पोर्चुगल)