शनिबार, १२ जुलाई २०२५

२ वटा पेस्तोल र ग्रिनेडसहित एकजना पक्राउ

News Image
सांकेतिक तस्बिर
• • •

भोजपुर नगरपालिका–१० गजुरमुंखी भीर नजिकबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्याम्केमैयुङ गाउँपालिका–५ चालन्तीका ४३ वर्षीय बमबहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

उनको साथबाट प्रहरीले २ वटा अटोमेटिक पेस्तोल, एउटा प्लाष्टिक हेण्ड ग्रिनेड, २ थान म्याग्जिन, १० राउण्ड गोली, २ वटा मोवाइल, १२ वटा सिमकार्ड र ५ हजार ९७० रुपैयाँ बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?