शनिबार, १२ जुलाई २०२५

लुकेको हिरा ‘मिलेनियम ट्रेक’: एकपटक पुग्नै पर्ने पर्यटकीय पदमार्ग

News Image
तस्बिरः पहिलो पोष्ट
• • •

करिब दुई दशकअघि घोषणा गरिएको यो पदमार्ग तनहुँको शुक्लागण्डकी गाछेपानीबाट (दुलेगौंडा) सुरु भई स्याङ्जाको वालिङ रामबाच्छामा टुंगिन्छ। दुलेगौँडाको गाछेपानी पोखराबाट काठमाडौँ जाने बाटोमा पर्छ। 

७२ किलोमिटर लामो यो पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, विरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिका छोएको छ ।पदयात्रा ६ रात ७ दिनको हुन्छ।

पर्यटकले एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङखला, गणेश हिमाल, मनास्लु हिमालको दृश्यावलोकन गर्न पाउँछन्। यो पदमार्गको उचाइ समुन्द्रको सतहदेखि ४२०-१७०९ मिटरसम्म मात्र फैलिएकोले कुनै पनि मौसम घुम्नको लागि उपयुक्त हुन्छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?