शनिबार, १२ जुलाई २०२५

राजमार्ग छेउछाउ फोहरको साम्राज्य, स्थानीयदेखि संघीय सरकार बेपर्बाह

News Image
तस्बिरः लोकान्तर
• • •

असोज ६, २०७६

महोत्तरी – ‘नथुक्नु होला, पानीको बोतल र फोहर पनि नफ्याक्नु होला ।’ कोशी ब्यारेज पार गरेपछि पथलैयासम्म पर्ने नेपाली सेना र सशस्त्र प्रहरीको ब्यारेक आउनुअगावै यात्रुलाई सहचालकले निर्देशनात्मक शैलीमा सुझाव दिने गर्छन् ।

कुनै यात्रुले पिसाब गर्न बस रोक्न लगाउँदा सहचालकले केही पर सुनसान जंगल–झाँडी, खेत आउन दिनुस् भन्दै आग्रह गर्छन्।

पूर्वपश्चिम राजमार्गमा सञ्चालित सार्वजनिक दिवा तथा रात्रिसेवाका बसमा यात्रा गर्ने जोसुकै यात्रुलाई सहचालकको निर्देशन ताजा नै लाग्नसक्छ । मानौं सेना र प्रहरीको ब्यारेकबाहेक राजमार्गमा फोहर फ्याक्न छूट छ र अन्त जे गर्न पनि पाइन्छ ।

 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?