२०७६ साल भदौको पहिलो साता नेपालगञ्जको सदरलाइन पुग्दा त्यहाँ एउटा झकिझकाउ सुनचाँदी पसल भेटियो । सदरलाइनको राम सहारे ज्वेलर्स अहिले त्यहाँको चल्तीको गहना पसल हो ।
त्यसो त यो पसल आजभन्दा १४ वर्ष अगाडि पनि उत्तिकै चल्तीको पसल थियो । फरक यत्ति थियो कि त्यतिबेला यो पसल न्यू दीप ज्वेलर्सको नाममा सञ्चालित थियोI