शनिबार, १२ जुलाई २०२५

उपराष्ट्रपति पुन यूएनको विशेष समारोहमा सहभागी

News Image
तस्बिरः उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिमगर
• • •

अष्ट्रिया भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा संयुक्त राष्ट्र संघद्वारा आयोजित विशेष समारोहमा सहभागी भएका छन्।

स्थानीय समयअनुसार सोमबार साँझ भएको सो समारोहमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी भएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तिमगरले जानकारी दिए।

भियना अन्तर्राष्ट्रिय केन्द्र संयुक्त राष्ट्रसंघको तेस्रो ठूलो कार्यालय हो। सो केन्द्र स्थापना भएको ४० औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले संयुक्त राष्ट्र संघ आफ्नो लक्ष्यमा दृढ भएर लागेको बताए।

उनले विश्वको शान्तिका लागि भईरहेका प्रयासलाई सार्थक बनाउँदै लैजाने र दिगो विकासका लक्ष्यहरु प्राप्तीका कार्यहरुलाई प्रभावकारी बनाउदै लैजाने बताए।

उपराष्ट्रपति पुन अष्ट्रियाका चान्सलरले सोमबार राति आयोजना गरेको रात्री भोजमा सहभागीसमेत भएका थिए। उनको साथमा वनमन्त्री बस्नेत सहभागी थिए। 

उपराष्ट्रपति पुन आज (मंगलबार) आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने कार्यक्रम रहेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?