नेपालमा भएका वम विस्फोटनलगायतका घटनाहरूको जिम्मेवारी प्रतिवन्धित ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।पार्टीका महासचिव विप्लवले एक प्रेस विज्ञप्ती जारी मुलुकमा सिर्जना भएको पछिल्लो परिस्थितिको जिम्मेवार केपी-पीके कम्पनी रहेको बताएका छन्।
उनले आइतबार काठमाडौंमा भएको बम विस्फोटको घटनामा मृत्यु भएका चारैजना आफ्नो पार्टीका नेता कार्यकता रहेको बताएका छन्। उनले यी चारजना र भोजपुरमा प्रहरीको गोली लागेर मारिएका एक सहित पाँच जना कार्यकर्तालाई शहीद घोषणा गरेका छन्।
काठमाडोैंमा टाइम बमको समयमा एएम लगाउनुपर्नेमा पीएम लगाउँदा निर्धारित समयभन्दा १२ घण्टा अगाडि नै वम बिस्फोट हुँदा घट्टेकुलोमा एक र सुकेधारामा तीनजनाको मृत्यु भएको थियो।घट्टेकुलोमा मृत्यु हुने बझाङका प्रज्वल शाही हुन् भने सुकेधारामा दाङका गोकुल राना मगर, कालिकोटका बिभुराम बिक र निरन्तर मल्ल ठकुरी हुन्। यसअघि भोजपुरमा तीर्थ घिमिरे ‘राजु’ प्रहरीको गोली लागि मारिएका थिए।
विप्लवले यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको दाबी गर्दै यसको बदला लिने पनि बताएका छन्।
नेपाल बन्द सफल भएकाे जिकिर गर्दै विप्लवले शहीदको रगत खेर जान नदिने र एकीकृत जनक्रान्ति पुरा गरेरै छाड्ने चेतावनी दिएका छन्।