सिक्किममा सुरू भयो गोले राज :अब शनिबार पनि विदा

सिक्किमका नवनियुक्त मुख्यमन्त्री प्रेमसिंह गोले । तस्बिर : एएनआई

नेपालीभाषी बहुल भारतको सिक्किम राज्यमा चाम्लिङ राज सकिएर गोले राज सुरू भएको छ। 

मंगलबार राजधानी गान्तोकस्थित पाल्जर स्टेडियममा उनले राज्यपाल गंगाप्रसादबाट सपथ लिएपछि औपचारिक रूपमा २५ बर्षे चाम्लिङ राज सकिएर गोले राज सुरू भएको हो ।

मुख्यमन्त्रीको सपथ ग्रहण गरे लगत्तै गोले टासीलिङ सचिवालयमा गएर कार्यभार सम्हालेका गोलेले शनिबार पनि विदा दिने घोषणा गरे।  

उनीसँगै नवनियुक्त ११ मन्त्रीलाई भने- ' कुनै पनि प्रकारको हस्तक्षेप हुँदैन। कानुनी प्रावधानभन्दा तल माथि नगई सिक्किमेली जनताका लागि जे गर्दा हित हुन्छ त्यही गर्नुहोस्।'

कुनै समय पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाटै राजनीत गरेका गोलेले पार्टीबाट बिद्रोह गरी सिक्किम क्रान्तिकारी मोर्चा बनाएका थिए। त्यही मोर्चाले ३२ सदस्यीय विधानसभामा १७ सिट जितेर चाम्लिङको २५ वर्षे शासनलाई विदाइ गरेका थिए। 

प्रकाशित मिति: : 2019-05-28 05:39:53

प्रतिकृया दिनुहोस्