सरकारले आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्।
आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमानसमेत गरेका छन्।
उनले चालू आर्थिक वर्षमा मुलुकको अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक रहेकाले आगामी आर्थिक वर्षमा उच्च आर्थिक वृद्धिदर हुने दावी पनि गरे।
सर्वेक्षणमा आन्तरिक तथा बाह्य लगानीका लागि आकर्षित गर्न भएको नीतिगत एवम् कानुनी सुधारको परिणाम दिगो तथा उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै आएको दावी गरिएको छ।
अर्थमन्त्री खतिवडाले शिक्षा, स्वास्थ्य, संचार, भौतिक पूर्वाधार एवम् उर्जा तथा भूकम्पपछिको पुननिर्माणले सामाजिक तथा भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गएको देखिएको पनि स्पष्ट पारे।
उनले उच्च आर्थिक वृद्धि, सामाजिक तथा आथिृक पूर्वाधारमा भएको लगानी र विप्रेषण प्रवाहमा रहेको वृद्धिका कारण गरिवी क्रमिक रुपमा घट्दै गएको बताए। सर्वेक्षणमा निरपेक्ष गरिबिको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ। अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा कूल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्व ५७ अर्व पुग्ने अनुमान गरिएको पनि बताए।
हेर्नुहोस् पूर्ण पाठ
\