भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसामु राज्यसभा सदस्य बन्न चुनौति

Agency

भारतको १७औं लोकसभा निर्वाचनको खराब नतिजासँगै दुईपटक प्रधानमन्त्री बनिसकेका डा मनमोहन सिंहलाई राज्यसभा पठाउने भारतीय कंग्रेसको अभियानमा नराम्रो धक्का लागेको छ

पूर्वप्रधानमन्त्री सिंह यसअघि आसमबाट राज्यसभा सदस्य बनेका थिए। उनको कार्यकाल १४ जुनमा समाप्त हुँदैछ।

उनलाई यसपालि राज्यसभाको चुनाव जित्न सोचे जस्तो सहज छैन।अहिलेको प्रतिकूल अवस्थामा राज्यसभा सदस्य हुन उनले केही समय कुर्नुपर्ने अवस्था सिर्जन हुन सक्छ।

राज्यसभाको अघिल्लो निर्वाचन ७ जुनमा हुँदैछ।

भारतीय चुनाव आयोगले यसको सूचना सार्वजनिक गरिसकेको छ।आसम विधानसभामा कूल एक सय २६ सिट छ। जसमा भारतीय कंग्रेससँग २६ सिट मात्र छ।स्थानीय एमाईयुडिएफ पार्टीको १३ सिट छ।

‘मोदी–सुनामी’ का कारण एमाईयुडिएफसँग मिलेर चुनाव लड्दा पनि कंग्रेसलाई यसपालि राज्यसभामा जित्न सोचेजस्तो सहज छैन।

यतिबेला मनमोहन सिंहलाई राज्यसभामा पठाउन कंग्रेससँग दुईवटा मात्र विकल्प बाँकी रहेको विश्लेषकहरू बताउँछन्।
उनीहरूका अनुसार कंग्रेसले कि उनलाई आफ्नो सरकार भएको राज्यबाट ल्याउनुपर्ने हुनसक्छ, कि जुलाईसम्म पर्खेर डिएमकेको सहयोगमा राज्यसभा पठाउनुपर्ने हुनसक्छ। 

लोकसभा निर्वाचनमा थुप्रै राज्यसभा सांसदले चुनाव लडेका थिए। कंग्रेसलाई आशा थियो, यसअघि राज्यसभा निर्वाचनमा उत्कृष्ट प्रदर्शन गरेको मध्यप्रदेशबाट केही सिट खाली हुनेछ। र, त्यहीबाट उप–चुनावमार्फत मनमोहनलाई राज्यसभामा ल्याउन सजिलो पर्नेछ। तर, दुर्भाग्य कुनै राज्यसभा सदस्यले निर्वाचन जितेनन्।

यतिबेला कंग्रेसको ढुकढुकी निकै बढेको देखिन्छ।यसको पनि कारण छ। जुलाईमा राज्यसभाको ५५ सिट खाली हुँदैछन्। यी सबै सिट भएको क्षेत्रमा कंग्रेसको लोकसभा निर्वाचनको परिणाम राम्रो देखिएको छैन।

 

प्रकाशित मिति: : 2019-05-27 09:43:41

प्रतिकृया दिनुहोस्