विप्लवको बन्दका कारण राजधानीको यातायात प्रभावित, प्रहरी भन्छ–‘सुरक्षा दिन सक्षम छौं।’

बिएल

 

प्रतिबन्धित नेकपा विप्लव समूहले आज आवहान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौंमा देखा परेको छ। 

बन्दको एकदिन अगाडि राजधानीमा बिस्फोटको घटना तीब्र भएपछि सोमबार बिहान काठमाडौंको मुख्य स्थानमा सवारी साधनलगायत सर्वसाधारणको हिडडुल फितलो देखिएको छ।

विप्लव समूहले आइतबार राजधानीको ४ स्थानमा बम बिस्फोट गराएको थियो। जसमा ४ जनाको निधन भएको प्रहरीले जानकारी गराएको छ। यस्तै बन्दलाई प्रोत्साहित गर्ने विप्लव समूहका ७ व्यक्ति आइतबार साँझ कोटेश्वरस्थित नहरेफाँटबाट पक्राउ परेको काठमाडौं महानगरीय प्रहरी आयुक्त डिआइजी शैलेश थापा क्षेत्रीले ब्रेक एन लिंक्सलाई जानकारी गराए।

उनले अरु दिनको भन्दा यातायात कम चलेपनि प्रहरी सुरक्षा दिन सक्षम रहेको बताए।

‘ढुक्कले सवारी साधन चलाउनु होस्। हामी सुरक्षा दिन सक्षम छौं,’ डिआइजी थापाले भने।

आजको बन्दमा शैक्षिक संस्था प्रभावित बनेका छन्। थुप्रै स्कुलहरूले राती नै अविभावकलाई फोन गरेर स्कुल बन्द हुने जानकारी गराएका थिए।

बन्द सफल बनाउन विप्लव समूह आइतबारदेखि नै सक्रिय देखिएका थिए। काठमाडौंको सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा बम बिस्फोट हुँदा सुकेधारामा ३ र घट्टेकुलामा १ जनाको निधन भएको थियो।

प्रकाशित मिति: : 2019-05-27 07:27:42

प्रतिकृया दिनुहोस्