नरेन्द्र मोदी एनडीए नेता छानिए, फेरि प्रधानमन्त्री बन्ने बाटो खुल्यो

Agency

प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मतले नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडिए) को नेता चुनिएका छन्। 

शनिवार साँझ राजधानी नयाँ दिल्लीस्थित संसदको सेन्ट्रल हलमा बसेको एनडिएको बैठकले मोदीलाई सर्वसम्मतले संसदीय दलको नेता चुनेको हो। उनको नामको लागि अकाली दलका नेता प्रकाश सिंह बादलले प्रस्ताव राखेका थिए। एनडिएका अन्य सहयोगी दलले उनको नाममा समर्थन जनाए।

यसअघि उनलाई बिजेपीको संसदीय दलको नेता पनि चुनिएको थियो। मोदीको नेतृत्वमा यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी) लगायत उसको सहयोगी दलले ३ सय ५३ सिट प्राप्त गरेको थियो।

भाजपा एक्लैले ३ सय ३ सिट प्राप्त गर्यो। इन्दिरा गान्धीपछि ४० वर्षको अन्तरालमा पूर्ण बहुमत प्राप्त गर्ने भाजपा दोस्रो पार्टी बन्न पुगेको छ।
मोदी संसदीय दलको नेता चुनिएपछि उनको पुनः प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।

आजै राती ८ बजे सरकार बनाउने दावीसहित मोदी राष्ट्रपति रामनाथ कोविंदसँग भेट्ने कार्यक्रम छ। मोदीले ३० मेमा प्रधानमन्त्रीको दोस्रो कार्यकालको सपथ लिदैछन्।
संसदीय दलको बैठकमा उनले पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवानी र मुरली मनोहर जोशीसँग खुट्टा छुएर आर्शिवाद लिएका थिए।

प्रकाशित मिति: : 2019-05-25 19:01:37

प्रतिकृया दिनुहोस्