राहुल गान्धीको प्रस्ताव अस्विकार, कंग्रेस अध्यक्षमा राहुल नै रहने

Hindustan Times

लोकसभा निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि अध्यक्ष पदबाट राजीनामा गर्ने मन बनाएका भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीको प्रस्तावलाई पार्टीको कार्यसमितिले खारेज गरेको छ। 

शनिवार नयाँ दिल्लीमा बसेको पार्टीको कार्यसमितिमा राहुलले हारको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा गर्ने प्रस्ताव पेश गरेका थिए। तर, उनको प्रस्तावलाई कार्यसमितिका सबै सदस्यले अस्विकार गरेका छन्।

कंग्रेस प्रवक्ता रणदीप सुरजेवालाले पत्रकारहरूलाई दिएको जानकारी अनुसार राहुल पार्टी अध्यक्ष रहिरहने छन्।

कार्यसमिति बैठक अगाडि राहुलले पूर्व प्रधानमन्त्री मनमोहन सिंह र महासचिव प्रियंका गान्धीसँग भेट गरेका थिए। यी दुबैले राहुललाई अध्यक्ष पदबाट राजीनामा नगर्न अनुरोध गरेको बताइएको छ।

राहुल गान्धी–नेहरु परिवारको गढ मानिएको अमेठी क्षेत्रबाट पराजित भएका थिए। यसपालिको निर्वाचनमा कंग्रेस ५२ सिटमा खुम्चिएको थियो। कंग्रेसको विपक्षी मानिएको भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्ड बहुमतसहित ३ सय ३ सिट प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2019-05-25 18:16:00

प्रतिकृया दिनुहोस्