मोदी र इमरान खानबीच सद्भावना सन्देशको चीनद्धारा स्वागत

Dawn

भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी) को जितपछि भारतीय समकक्षी नरेन्द्र मोदीलाई पाकिस्तानका प्रधानमन्त्ती इमरान खानले दिएको बधाईको चीन सरकारले स्वागत गरेको छ। 

चीन सरकारले जारी गरेको बक्तब्यमा भनिएको छ, दुई देशबीच हुने वार्तालापले आपसी विवाद टुँग्याउन सहयोगी भूमिका खेल्ने छ।

विहिबार नै इमरानले भारतीय प्रधानमन्त्री मोदीलाई जितका लागि बधाई ज्ञापन गरेका थिए। उनले आफ्नो सन्देशमा दक्षिण एसियामा शान्ती स्थापना गर्न र दिगो विकाशका लागि मिलेर काम गर्न आफू इच्छुक रहेको स्पष्ट पारेका थिए।

मोदीले पनि इमरानको शुभकामनाबाट आफू आभारी भएको बताएका थिए। साथै उनले क्षेत्रीय विकाश र शान्ती आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारेका थिए।

चिनियाँ विदेश विभाग प्रवक्ता ल्यु काङले भारत र पाकिस्तानका नेताहरूबीच भएको संवादलाई आफूहरूले स्वागत गरेको बताएका छन्।

‘दुवै दक्षिण एसियाका प्रमुख देश हुन्। त्यसैले शान्ती र सौहार्दता दुवैको हितमा छ। विश्व समूदाय पनि दुवै देशबाट शान्तीको अपेक्षा राख्छ,’ प्रवक्ता ल्युले भनेका छन्।

जम्मु–कश्मिरको पुलवामामा गत फेब्रुअरीमा भएको आत्मघाती आक्रमणमा भारतका ४० सिआरपिएफ जवानको निधन भएको थियो। यो घटनापछि दुवै देशको सम्बन्ध झन बढी बिग्रिन पुगेको थियो।

भारतले यसको बदलास्वरुप पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।

प्रकाशित मिति: : 2019-05-25 11:56:37

प्रतिकृया दिनुहोस्